• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    फिल्म ‘अगस्त्य’ विहीबारदेखि मध्यपूर्वमा रिलिज

    3.5K
    SHARES

    काठमाडौं । नेपाल रिलिजको ५ दिनपछि फिल्म ‘अगस्त्य’ विहिबारदेखि मध्यपूर्वका मुलुकमा प्रदर्शनमा आएको छ ।

    अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले यो फिल्मलाई युएई, कतार र बहराइनमा रिलिज गरेको हो ।

    मध्यपूर्वका ठूला चेनहरु भक्स स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा फिल्म प्रदर्शन हुने वितरक रमेश ढकालले जानकारी दिएका छन् ।

    ‘ती मुलुकमा नियमितरुपमा नेपाली फिल्म प्रदर्शन हुनु सफलता हो’ वितरक ढकालले भने । अन्य अन्तर्राष्ट्रिय बजारमा भने यो फिल्म नेपालसँगै प्रदर्शनमा आएको छ ।

    सौरभ चौधरी निर्देशित फिल्ममा सौगात मल्ल, मलिका महत, नाजिर हुसेन, प्रमोद अग्रहरिको शीर्ष भूमिका छ । फिल्मले नेपालबाट भारतमा हुने मानव बेचबिखनको कथा पेश गर्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ