• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    भत्कियो सत्ता गठबन्धन, आजै सानो आकारमा नयाँ मन्त्रिपरिषद् पुनर्गठन हुने

    11K
    SHARES

    काठमाडौँ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार सोमबारै मन्त्रिपरिषद् समेत पुनर्गठन हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, जसपा र जनमत सहभागी हुने भएका छन् ।

    नेताहरूका अनुसार आइतबार राति भएको दलहरूको छलफलमा कांग्रेससँगको गठबन्धन नरहने प्रधानमन्त्री प्रचण्डले नै सङ्केत गरेपछि एमाले र माओवादी नयाँ समीकरणको गृहकार्यमा बिहानैबाट जुटेका छन् ।

    सोही अनुसार आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्न एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबिच छलफल हुँदैछ । स्रोतका अनुसार पुस १० को गठबन्धन ब्युँत्याउने प्रयास भए पनि राप्रपालाई सहभागी गर्ने नगर्नेबारे निश्चित भैसकेको छैन ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ