• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काठमाडौंका यी स्थानमा आज ४ घन्टा बत्ती जाने

    796
    SHARES



    काठमाडौँ। काठमाडौंका विभिन्न स्थानमा आज बिजुली काटिने भएको छ ।

    महाराजगन्ज वितरण केन्द्रको हेपाली फिडर र गणेशथान फिडर तथा जोरपाटी वितरणक केन्द्रको साँखु र डाँछी फिडर अन्तर्गत पर्ने विभिन्न स्थानमा आज बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

    जुलीको भूमिगत प्रसारण लाइनको काम गर्न, पोल सिफ्टिङ लगायतका कामका लागि ती क्षेत्रहरूमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ ।

    महाराजगन्ज वितरण केन्द्रे अन्तर्गत पर्ने हेपाली हाइट, देउराली जनता , कुवर कोलनी , कृष्ण मन्दिर हुदै ग्रीनल्याण्ड चोक, इशान हस्पिटल, भंगाल, हात्तीगौडा, धापासी हाइट, मनकामना टोल क्षेत्रमा बिजुली काटिने छ ।

    त्यस्तै जोरपाटी वितरण केन्द्रअन्तर्गत पर्ने नयापाटी, ब्रम्हखेल, इन्द्रायेनी, ब्रम्हखेल,साौखु जर्शिंग पौवा, नांगलेभरे गागलफेदी आलापोट, मुलपानी, बाबाचोक, तिवारी टोल, दक्षिणणढोका लगायतका क्षेत्रमा चार घन्टा बिजुली काटिने प्राधिकरणले जनाएको छ ।

    निर्धारित समय अगावै काम सम्पन्न भएमा सो समय भन्दा अगाडि नै लाइन सुरू हुने प्राधिकरणले जानकारी दिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ