• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मिटरब्याजपीडित र सरकारी टोलीबीच पहिलो चरणको वार्ता, पीडितले सुनाए समस्या

    1.4K
    SHARES



    काठमाडौं । सरकार र मिटरब्याज पीडितबीच गृह मन्त्रालयमा शुक्रबार अपराह्न २ घन्टा वार्ता भएको छ ।

    मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका प्रमुख नारायणप्रसाद भट्टराई नेतृत्वको सरकारी टोली र पीडितका तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहको टोलीबीच ‘सकरात्मक संवाद’ भएको संवादमा सहभागी एक अधिकारीले बताएका छन् ।

    मन्त्रालयले यसअघि पीडितसँग वार्तासँग सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा समिति गठन गरेको थियो । यसबिचमा स्वास्थ्यका कारणले वार्ता टोलीको संयोजक फेरिएपछि भएको वार्तामा आफूहरुको मागबारे बुँदागत रुपमा छलफल भएको संघर्ष समितिका प्रवक्ता नीर्घ नविनले बताएका छन् ।

    उनका अनुसार, पीडितको समस्या समाधानका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने, अहिले भएको कानुनमा देखिएका जटिलता लगायतका विषयमा छलफलपछि सरकारी पक्षको जवाफसमेत सुनेर संवाद टुंगिएको थियो । दुवै पक्षका वार्ता टोली संयोजकबीच छलफल गरेर भोलि (शनिबार) फेरि संवाद हुने नविनले बताए ।

    मन्त्रालयले आइतबार मिटरब्याज पीडितसँग पहिलो चरणको वार्ता गरेको थियो । तर, भोलि आइतवार ११ बजे बस्ने गरी टोली उठे पनि प्रशासनले पीडितलाई भृकुटीमण्डपबाट हटाउन खोजेपछि वार्ता विथोलिएको थियो ।

    मंगलबार पुनः वार्ताका लागि टोली बसे पनि विनानिष्कर्ष टुंगिएको थियो । योबीचमा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत आन्दोलनरत् मिटरब्याज पीडितबारे चासो राखेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ