• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भारती मानन्धरले औषधीको ओभरडोज लिएको खुलासा, आइसियुमा राखेर उपचार हुँदै

    4.1K
    SHARES



    काठमाडौँ । नेपालगञ्जका गुण्डा नाइके योगराज ढकाल उर्फ रिगलको समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले औषधीको ओभरडोज लिएको खुलासा भएको छ । छोरालाई भेट्न नपाएपछि भारतीले औषधीको ओभरडोज लिई बेहोस भएपछि उनको भेरी अस्पतालमा उपचार हुँदै गरेको छ ।

    नेपालगञ्जका स्थानीय सञ्चारकर्मी आशिष मल्ल ठकुरीका अनुसार छोरा पढ्ने विद्यालयले भारतीलाई छोरासँग भेट्न नदिएको र खाजासमेत फिर्ता गरिदिएपछि उनले आत्महत्याको प्रयास गरेकी हुन् ।

    स्थानीय क्रिष्टल बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत आफ्नो छोरालाई भेट्न र खाजा पुर्याउन भारती दैनिकरुपमा विद्यालयमा जाने गरेकामा मंगलबार विद्यालयले उनको खाजा दिन नमिल्ने भनी फिर्ता पठाएको थियो ।

    बालकको अभिभावकको नाममा हजुरबुवा र हजुरआमाको नाममात्रै रहेको भन्दै अभिभावकको नाम नरहेको अवस्थामा खाजा स्वीकार गर्न नसकिने भन्दै भारतीको खाजा फिर्ता पठाइदिएको थियो ।

    यसअघि पनि भारतीले खाजा लगिदिने गरेको भएपनि विद्यालयले थाहा नपाएको र मंगलबार थाहा पाएपछि खाजा फिर्ता पठाइदिएको स्थानीय सञ्चारकर्मी ठकुरीले बताए ।

    विद्यालयले खाजा फिर्ता पठाइदिएपछि भारतीले भावुक हुँदै सामाजिक सञ्जाल फेसबुकमा ‘छोरा मलाई माफ गरिदेउ, म थाकी सकेँ’ भनी स्टाटस लेखेकी थिइन् । त्यस्तो स्टाटस लेखेको पाइएपछि कुनै अप्रिय घटना नहोस् भनी उनका दाइ र अन्य एक महिला भारतीको डेरामा पुग्दा उनी अचेत अवस्थामा फेला परेकी थिइन् ।

    अचेत अवस्थामा फेला परेकी भारतीले झोलरुपमा रहेको कुनै औषधी आधी खाइसकेको तथा दैनिक खाने डिप्रेसनको औषधीको एक पत्ता सबै खाएको पाइएको ठकुरीले बताए ।

    औषधीको ओभरडोजले विषको रूप लिएको र अवस्था गम्भीर रहेको अस्पतालको भनाइ उद्धृत गर्दै ठकुरीले बताएका छन् । उनलाई आइसियुमा राखेर उपचार गरिरहेको र कम्तीमा ७२ घण्टा आइसियुमा राखेर उपचार गर्नुपर्ने ठकुरीले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ