• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जनक बर्तौलामाथि आक्रमण गर्ने मुख्य योजनाकार निलम कारागार चलान

    1.7K
    SHARES



    काठमाडौँ । जनक बर्तौलालाई आक्रमण गर्ने मुख्य योजनाकार क्रान्ति बराइली उर्फ निलम विश्वकर्मालाई अदालतले थुनामा पठाउन आदेश गरेको छ ।

    जिल्ला अदालत काठमाडौँले मोरङको कानेपोखरी नगरपालिका–४ घर भएका ३५ वर्षीय विश्वकर्मालाई पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको हो ।

    अदालतको अदेशसँगै उनलाई सुनधारास्थित केन्द्रीय कारागार चलान गरिएको छ । कार्तिक २२ मा नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश सदस्य जनक बर्तौलामाथि आक्रमण भएको थियो ।

    आक्रमणको मुख्य योजनाकार निलम विश्वकर्मा रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सो मुद्दामा यसअघि बाँकेका शेरबहादुर थारु, आशिष लामिछाने र झापाका टेक बहादुर प्रधान पक्राउ परेका थिए ।

    यस्तै, बाराको निजगढमा शंकास्पद वस्तु विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । तीन जना घाइतको उपचार भइरहेको छ ।

    निजगढ नगरपालिका ७ मा रेशम मगरले सञ्चालन गरेको रोहित वर्कसपमा ग्याँस वेल्डिङ गर्ने क्रममा सोमबार मध्याह्न विस्फोट भएको थियो । विस्फोटमा परी घाइते भएका वीरगञ्ज -९ का रितु रजतको बयोधा अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको छ ।

    वर्कसप सञ्चालक ४५ वर्षका रेशम, भारतका राकेश जैसवाल र वीरगञ्ज -९ का रितु रजतको बयोधा अस्पतालमा उपचारका क्रममै सोमबार मृत्यु भएको थियो ।

    तीन जना घाइतेको उपचार भइरहेको छ । निजगढ का सूर्यबहादुर थापाको सामुदायिक प्रसूति गृह अस्पतालमा उपचार भइरहेको छ भने वीरगञ्जका फिरोद देवान र भारतका अरविन साहको बयोधामा उपचार भइरहेको छ ।

    बारा प्रहरीका अनुसार घटनाको अनुसन्धानका क्रममा कवाडी किन्ने भारतका रमेश जैसवाल र निजगढका टिकाराम पाख्रिनलाई पक्राउ गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ