• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    वीरेन्द्रनगरमा गएराति गोली चलाउने केहि भारतीय सुटर सहित ४ जना पक्राउ

    4K
    SHARES



    सुर्खेत। वीरेन्द्रनगरमा गएराति गोली चलाएको भन्दै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । यद्यपि अनुसन्धानमा समस्या आउन सक्ने भन्दै उनीहरुको परिचय भने गोप्य राखिएको छ ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्काले भने उक्त विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । शनिवार बेलुका वीरेन्द्रनगर नगरपालिका-१, देउतिथान नजिक स्थानीय विनोद गिरीलाई लक्षित गरेर गोली चलेको थियो । यद्यपि गोली उनी चढेको गाडीमा लागेको प्रहरीले जनाएको छ ।

    गिरी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला सदस्य समेत हुन् । फागुन १३ गतेदेखि वीरेन्द्रनगरका सञ्चालन हुने महोत्सवको विषयमा रहेर विवाद सिर्जना भएको आशंका गरिएको छ ।

    सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको उक्त महोत्सवको ठेक्काको विषयलाई लिएर दुर्ई समुहबिच विवाद भएको देखिन्छ ।

    पक्राउ गरिएकामध्ये केहि भारतीय सुटर पनि रहेको बताइएको छ । प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोलीको खोका र एउटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ