• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पर्सामा जुवातास खेलिरहेका १३ जना पक्राउ

    1.6K
    SHARES



    वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले तास खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले वीरगन्जको त्रिमूर्ति चोक नजिकै रहेको वीरगन्ज मिटिङ हाउस खाजा घरबाट शनिवार १३ जनालाई पक्राउ गरेको हो ।

    खाजा घरमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त भएलगत्तै प्रहरीले टोलीले उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता कुमारविक्रम थापाले जानकारी गराएका छन् ।

    वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले खाजा घरका मालिकसहित १३ जनलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट ६२ हजार रुपैयाँ र तासको प्याकेटसमेत बरामद गरेको जनाएको छ । पक्राउ पर्नेहरूको नाम भने प्रहरीले खुलाएको छैन ।

    पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरको भनाई छ । उनीहरूमाथि जुवा खेल्न नहुने मुद्दा अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले पर्साले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ