• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    महेशकुमार बर्तौला भन्छन्- टिआरसी विधेयक पीडितमैत्री बनाएर मात्रै पारित गर्नुपर्छ

    1.4K
    SHARES



    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई छिटो टुङ्ग्याउनुपर्ने बताए ।

    शुक्रवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

    उनले नागरिकहरूले टिआरसी विधेयकलाई अझै कति अड्काउने भन्ने प्रश्न गरिरहेको भन्दै यसलाई छिटो सम्बोधन गर्न जरुरी रहेको बताए ।

    उनले समितिमा उठेका विषयहरूलाई छलफल गरी छिटो भन्दा छिटो पीडित मैत्री कानुन बनाइ पारित गर्न आवश्यक रहेको बताए ।

    उनले सङ्क्रमणकालीन न्याय राजनीतिक प्रकृतिको विषय भएकाले सबैको सहमतिमा टुङ्ग्याउन जरुरी रहेको बताए ।

    ‘यो कुरा हामी अझै कति अड्काउने ? यसमा प्रश्न उठेको छ । सभापतिले फिनिसिङ कसरी आउँछ भन्ने कुरामा त्यसको आधारबाट यो तत्काल अहिले टुङ्गिने वा प्रक्रियाबाट, समय लिने भन्ने कुरा हुन्छ’ उनले भने, ‘यो महत्त्वपूर्ण छ, राजनीतिक प्रकृतिको विषय हो, लामो समयदेखि अप्ठ्यारो हुँदै आएको विषय हो, छिटो गर्नुपर्छ भन्नेमा सबैको सहमति छ ।’

    सचेतक बर्तौलाले सबैले न्याय पाएको महसुस हुनेगरी विधेयक टुङ्ग्याउनुपर्नेमा जोड दि ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ