• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कोशी समाचार

    कोशी प्रदेश सरकार र पहिचानवादीबिच दोस्रो वार्ता सुरु

    1.7K
    SHARES



    विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश १ पुनः नामकरण सङ्घर्ष समितिबिच दोस्रो वार्ता सुरु भएको छ । विराटनगरको होटल स्टर्न स्टारमा दिउँसो ४ बजेदेखि वार्ता सुरु भएको हो ।

    वार्तामा सरकारको तर्फबाट वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगू, सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्री र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सहभागी रहेका छन् ।

    यस्तै पहिचानवादीहरूको तर्फबाट वार्ता टोलीमा डकेन्द्रसिं थेगिम, प्रेम एक्तेन, अर्जुन जम्नेली राईलगायतको उपस्थिति छ । गत माघ २६ गते भएको वार्तामा पाँच बुँदे सहमति भएको थियो ।

    पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने र आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा सरकारले फिर्ता लिने त्यसबेला सहमति भएको थियो ।

    यस्तै सहमति अनुसार फागुन १० गते अगावै दुवै पक्षको सहमतिमा पुनः वार्ता गर्ने पनि भनिएको थियो । सोही सहमति अनुसार दोस्रो वार्ता बसेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया