• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार सुदुरपश्चिम

    अछाममा जिप दुर्घटना : एक बालकको मृत्यु, १४ घाइते

    1.8K
    SHARES



    अछाम । लुग्राबाट साँफेबगर जाने क्रममा चौरपाटी गाउँपालिका-५ लुग्रामा जिप दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने १४ जना घाइते भएका भएका छन् ।

    घाइतेमध्येमा अधिकांश विद्यालय जाने बालबालिका रहेको बताइएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका-४ घर भई आमासँगै मावली घर लुग्रा गएका १८ महिनाका इशान खड्काको ज्यान गएको गाउँपालिका अध्यक्ष भीमबहादुर साउदले जानकारी दिए ।

    चौरपाटी गाउँपालिका-५ का ५ वर्षीय दीपेन्द्र रावल र ८ वर्षीय स्माइल रावल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको एम्बुलेन्स, जिपबाट उद्धार गरि बयलपाटा अस्पतालमा उपचार भइरहेको अध्यक्ष साउँदले बताए । अन्य घाइतेको सङ्ख्या, नामथर र ठेगानाका बारेमा विवरण सङ्कलन भइरहेको अछाम प्रहरीले जनाएको छ ।

    से १ झ ४२९ नम्बरको जिप लुग्राको आमरुख नजिक दुर्घटना भएर करिब एकसय ५० मिटर तल खसेको बताइएको छ । घटनास्थलमा प्रहरी पुगेर घटनाका बारेमा विस्तृत बुझ्ने काम भइरहेको अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया