• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    प्रभु साह भन्छन्- फिरङ्गी नेतृत्वका कारण विकास हुन सकेन

    2.3K
    SHARES



    रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले फिरङ्गी नेतृत्वका कारण रौतहटको विकास हुन नसकेको बताएका छन् ।

    शुक्रबार गृह जिल्ला रौतहटको गौरमा आम जनता पार्टीले आयोजना गरेको कार्यक्रममा उनले हरेक आन्दोलनमा रौतहटको भूमिका नेतृत्वदायी रहेको भएपनि विकासको दृष्टिकोणले पनि निकै पछि परेको बताए ।

    यसको प्रमुख कारण भनेर बाहिरको नेतृत्व नै भएको उनको भनाइ छ । ‘रौतहटले राणाकालविरुद्धको आन्दोलनमा ठुलो योगदान गर्यो । सामन्तवाद विरोधी आन्दोलन होस् या लोकतन्त्रका लागि भएका आन्दोलन तथा जनयुद्ध र मधेस आन्दोलन सबैमा योगदान गर्‍यो ।

    तर, पनि जिल्लाको विकास भएन’, उनले भने, ‘जिल्ला मानव विकासको सूचकांकमा पछाडि छ । यसको एउटै कारण भनेको बाहिरिया नेतृत्व भनौँ या फिरङ्गी नेतृत्व हो । फिरङ्गी गी नेतृत्वको को कारण रौतहटको विकास भएन ।’

    दलका नेताहरूको लुटकारी प्रवृत्तिका कारण देशका जनता हिनबोधले निराशामा फसेको उनले जिकिर गरे । उनले सफल देशको इतिहास भएको राष्ट्रका नागरिक अहिले दलहरूकै कारण निराशामा रहेको पनि जिकिर गरे ।

    यस्तै भन्सार भन्सार कानुनको लुटकारी प्रावधान हटाउनुपर्नेमा जोड दिए । त्यसकै लागि दबाब दिन पार्टीले निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै साहले यो व्यवस्थाको खारेज हुनै पर्ने बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ