• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    कांग्रेस स्वास्थ्य समन्वय उपसमितिमा ८ जना सदस्य चयन

    1.2K
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसले महासमितिको बैठक तयारीका लागि स्वास्थ्य समन्वय उपसमिति सदस्य चयन गरेको छ । कांग्रेसको महासमिति बैठक आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ ।

    त्यसका लागि कांग्रेसले यसअघि नै पार्टी केन्द्रीय सदस्य उर्मिला नेपाल केसीको संयोजकत्वमा स्वास्थ्य समन्वय उपसमिति गठन गरेको थियो ।

    उक्त समितिको सदस्यमा प्रजातन्त्रवादी चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिलविक्रम कार्की, नेपाल लोकतान्त्रिक आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. वंशदीप शर्मा, नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे, डा. अबुल हुसेन अन्सारी, डा. विक्रान्त बस्नेत, धनप्रसाद पौडेल, दीपक मुडवरी र डा. सञ्जीवकुमार यादवलाई चयन गरेको हो । कांग्रेसले महासमिति तयारीका लागि गठित उपसमितिहरूलाई धमाधम पूर्णता दिइरहेको छ ।

    यस्तै, नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले माओवादी जनयुद्धका उपलब्धिको उपभोग गर्ने तर जनयुद्ध स्वीकार नगर्ने प्रवृत्तिविरुद्ध भण्डाफोर अभियान चलाइने बताएका छन् ।

    २९औं जनयुद्ध दिवसका अवसरमा मंलबार राजधानीमा आयोजित एक कार्यक्रमा पुनले अवसरवादी प्रवृत्तिका केही दल तथा राज्य सञ्चालनका महत्त्वपूर्ण भूमिकामा रहेकाहरू जनयुद्धबाट प्रत्यक्ष लाभ लिए पनि नियोजित रूपमा आफूहरूको आन्दोलनबारे जनतामा भ्रम फैलाउन उद्धत रहेको बताएका हुन् ।

    माओवादी जनयुद्धले नेपालको राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा आमूल परिवर्तन र जागरण ल्याएको भन्दै त्यसका परिणामहरू समाजमा विभिन्न रूपमा प्रकट भइरहेको उल्लेख गरे । सयौँ वर्षको आधुनिक नेपालको इतिहाससमा एकै पटक मुलुकको सर्वोच्च पद राष्ट्र प्रमुख, न्यायालय प्रमुख र विधायिका प्रमुखमा महिला पुग्नु, संघीय संसद र प्रदेशसभामा ३३ प्रतिशत तथा ७ सय ५३ वटै पालिकाका ४० प्रतिशत तथा निजामती सेवामा २८ प्रतिशत महिला सहभागिताको वातावरण बन्नुमा आफूहरूको नेतृत्वमा भएको जनयुद्ध कारण रहेको उनको दाबी थियो ।

    पुनले आफूहरू जहिले पनि सत्यका आधारमा तथ्य खोज्ने मार्क्सवादी शैलीको पक्षमा रहेको भन्दै विरोधीका भ्रमहरू चिरेर इतिहासमा जनयुद्ध युगान्तकारी परिवर्तन ल्याउने आन्दोलन थियो भन्ने सत्य स्थापित गरेर छाड्न सफल हुने विश्वास व्यक्त गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया