• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    नवाज–शहबाजको जितविरुद्धको याचिका खारेज

    1.7K
    SHARES

    इस्लामवाद । पाकिस्तानमा ८ जनवरीमा भएको आम निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याएनन् । त्यहाँ सरकार गठन गर्न दलले कम्तीमा पनि १ सय ३४ सिटमा जित्नु पर्ने हुन्छ ।

    तर त्रिशंकु संसद् बनेपछि दलहरुसमक्ष मिलिजुली सरकार बनाउने बाहेकको विकल्प छैन । तीन पटकका पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)ले सरकार गठनका लागि समीकरणको तयारी गरिरहेका छन् ।

    पछिल्लो समय पाकिस्तानी सञ्चार माध्यमहरूमा छापिएका खबरहरूका अनुसार यी २ दलले सत्ता बाँडफाँडको सूत्रमा विचार गरिरहेका छन् ।

    यसअन्तर्गत ५ वर्षको कार्यकालमा शाहबाज शरीफ ३ वर्षका लागि वजीर-ए-आजम अर्थात प्रधानमन्त्री हुनेछन् । बाँधी २ वर्षका लागि बिलावल भुट्टो जरदारी प्रधानमन्त्री बन्ने सहमति भएको बताइएको छ ।

    पाकिस्तानको राष्ट्रिय सभामा कुल ३३६ सिट छन् । जसमध्ये २६५ सिटमा निर्वाचन भएको थियो । एक सिटको निर्वाचन स्थगित भएको छ भने एक सिट एनए ८८ को नतिजा अस्वीकृत भएको छ । यहाँ फेब्रुअरी १५ मा फेरि मतदान हुँदै छ । बाँकी ७० सिट आरक्षित छन् ।

    लाहौरको उच्च अदालतले चुनावमा धाँधलीसम्बन्धी १८ ओटा याचिका खारेज गरेको छ । नवाज शरिफ, शहबाज शरिफ, मरियम शरिफसहित पीएमएल–एनका कयौँ शीर्ष नेताहरूले चुनावमा धाँधली गरेको भन्दै याचिका दायर भएको थियो । यस मामिलामा निर्वाचन आयोगमा सम्पर्क गर्न आदेश दिइएको छ ।

    पाकिस्तानको साम टिभीको रिपोर्ट अनुसार फेब्रुअरी ८ मा भएको निर्वाचनमा विजयी भएका करिब १२ जना निर्दलीय स्वतन्त्र उम्मेदवारहरु नवाज शरिफको पीएमएल–एन पार्टीमा सामेल भएका छन् ।

    यीमध्ये केहीले राष्ट्रिय सभामा र केहीले पञ्जाबको प्रान्तीय निर्वाचनमा विजय हासिल गरेका थिए । पीएमएल–एनमा प्रवेश गर्ने नेताहरूमा सरदार खिजर खान मजारीको नाम पनि समावेश छ ।

    इमरानको पार्टी पीटीआईको समर्थनमा स्वतन्त्र रूपमा चुनाव लडेका मजारीले राजनपुरबाट पीएमएल-एनका नेता सरदार मीर दोस्त मजारीविरुद्ध चुनाव लडेका थिए । उनि उनी करिब ३९ हजार मतले विजयी भएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ