• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    माओवादीको नाममा चन्दा आतंक मच्चाउने २ जना पक्राउ

    520
    SHARES



    काठमाडौँ । धम्की दिएर चन्दा असुली गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

    मोरङ, सुनसरी र झापाका शैक्षिक संस्थाहरुमा भूमिगत संगठनको नाममा चन्दा आतंक मच्चाउने २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    मंगलबार इलाम माम्सेबुङ १ गजुरमुखी घरभई काठमाडौँ भिमसेनगोला बस्दै आएका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका- १ का ३० वर्षीय विपिन अधिकारीलाई पक्राउ परेको प्रहरी उपरीक्षक (एसपी) दीपक पोखरेलले जानकारी दिएका छन् ।

    उनका अनुसार यो समूहले पछिल्लो केही समय यता नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नाममा शैक्षिक संस्थाहरुमा चन्दा आतंक मच्याइरहेको थियो । बुधबार विराटनगर महानगरपालिका- ३ मा नेपाली सेनाले डिस्पोज गरेको शंकास्पद वस्तु पनि दुई व्यक्तिले राखेको खुलेको उनले बताएका छन् ।

    नेपाल कम्युनिट पार्टी (माओवादी)को महासचिव महावीरको नाममा यो समूहले शैक्षिक संस्थाहरुमा चन्दाका लागि चिट्ठी पठाएको थियो । चन्दा नदिए बम विष्टफोट गराउने धम्कीसमेत दिने गरेको थियो ।

    पक्राउ परेका व्यक्तिको साथबाट विष्फोटक पदार्थ बनाउने सामग्री पनि फेला परेको छ । प्रहरीका अनुसार मिश्रको साथमा रहेको झोलामा ७ वटा डेटोनेटर, १८ फिट ३ इन्च लम्बाइको डेडकर्ड, १ केजी सोडा र सहयोग रसिदको दुई वटा ठेली बरामद भएको छ ।

    अधिकारीको साथबाट पनि मुक्तिनाथ प्रकाशन गृहको प्रेस आइडी कार्ड, सहयोग रसिदको ठेली, महासचिव महावीर नामको हस्ताक्षर रहेको सहयोगसम्बन्धी लेखिएको पत्र, डिजिटल स्टाम्पलगायत सामग्री बरामद भएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया