• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नवलपरासी पश्चिममा हजुरबुवा र नाति मृत फेला

    1.9K
    SHARES



    काठमाडौं । नवलपरासीको पश्चिमको सुस्ता गाउँपालिका-३ मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनकै ११ वर्षीय नाति गौचरण चमार मृत अवस्थामा फेला परेका छन् ।

    उनीहरु आज बिहान ५ बजेर ५५ मिनेटमा घरदेखि करिब ५ सय मिटर दक्षिणतर्फ मृत फेला परेका हुन् । उनीहरुको शव १५ मिटरको दुरी फरकमा उत्तानो परेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी रमेश बोहराले जानकारी दिए । उनीहरु विगत ४-५ वर्ष अगाडिदेखि खपट्टाले छाएको कच्ची छाप्रोमा बस्दै खेतीपाती गर्दै आएका थिए ।

    यक्षलाल एक छोरा, बुहारी र दुई नाति र एक नातिनीसँग बस्दै आएका थिए । उनका छोरा रोजगारीको सिलसिलामा एक-डेढ महिनाअघि भारत गएका थिए ।

    श्रीमान् भारत गएपछि बुहारी पनि एक छोरा र एक छोरीलाई लिएर भारतस्थित माइत गएकी थिइन् । घरमा यक्षलाल एक नातिसँग मात्र बस्दै आएका थिए ।

    दुई जनाको शव फेला परेको सूचना पाएपछि प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यको कमाण्डमा प्रहरी घटनास्थलमा पुगेको थियो । उनीहरुको मृत्युको कारण नखुलेको र तालिमप्राप्त कुकुर झिकाइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया