• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अर्थतन्त्रका सबै सूचक सुधारतर्फ उन्मुख रहेको अर्थमन्त्रीको दाबी

    1.2K
    SHARES



    काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारात्मक स्थितिमा रहेको बताएका छन् ।

    आज अर्थ मन्त्रालयमा आयोजित चालू वर्षको बजेटको अर्धवार्षिक समीक्षामा बोल्दै उनले अर्थतन्त्रमा सुधारको स्थिति आएको बताएका हुन् ।

    अर्थमन्त्री महतले बैंकको ब्याजदर घट्दो अवस्थामा रहेको बताए । यस्तै, रेमिट्यान्सको बढ्दो क्रम र विदेशी पर्यटकको आगमनले समेत देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताए । ‘यो सुधारको सङ्केत हो । गत वर्षको तुलनामा हामी धेरै नै माथि पुगेका छौँ,’ अर्थमन्त्री महतले भने, ‘अर्थतन्त्रमा देखिएको सुधारको गति सुखद हो ।’

    यस्तै, कर्जा प्रवाहमा समेत उल्लेख्य सुधार आइरहेको उनको भनाई छ । ‘कर्जा प्रवाह हुन नसक्दा हामी सबैको चिन्ताको विषय थियो,’ उनले भने, ‘अहिले कर्जा प्रवाह २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    अब अर्थतन्त्रमा बिस्तारै लय आइरहेको छ ।’ जग्गा र सेयर बजारमा अत्यधिक लगानी हुँदा बजारमा माग बढ्न नसकेको उनको विश्लेषण छ । यद्यपि, पछिल्लो समय कर्जा प्रवाह बढ्न थालेको र यसको मुख्य कारण ब्याजदर घट्नु नै रहेको अर्थमन्त्रीको भनाई छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ