• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सिराहाबाट पेस्तोलसहित २० वर्षीय यादव पक्राउ

    1.1K
    SHARES



    काठमाडौँ। सिराहाबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सिराहाको औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोजकुमार यादव रहेका छन् ।

    सरोज गत शनिबार राति औरही गाउँपालिका ३ बस्ने वर्ष २२ को संजितकुमार यादव र उनको बहिनी संजिता यादव डेरा गरी बस्ने सिराहा नगरपालिका ७ मा राम पुकार शर्माको घरमा पुगेर बादविवाद गरिरहेका थिए ।

    प्रहरी पुगेर उनको शरीर खानतलासी गर्दा लुकाइराखेको कटुवा पेस्तोल बरामद भएको सिराहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र राज पाण्डेले जानकारी गराएका छन् ।

    उनीमाथि आवस्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ