• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

    2K
    SHARES



    काठमाडौं । चन्द्रागिरी नगरपालिका-७ इट्टाखेल बस्ने तिलक बहादुर बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ परेका छद्द् । पक्राउ पर्नेमा सोही नगरपालिका-७ बस्ने ३७ वर्षीय कृष्ण बहादुर अधिकारीलगायत रहेका छन् ।

    प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ४ सय ५० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    यस्तै, काठमाडौँमा कारखाना खोलेर नक्कली मदिराको कारोबार गर्ने दुई जनालाई काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउन आदेश गरेको छ ।

    अदालतले रामेछापको खाँडादेवी गाउँपालिका घर भएका २८ वर्षीय मनोज खत्री र ३६ वर्षीय विनोद कुमार कार्कीलाई थुनामा पठाउन आदेश गरेको हो । अदालतको आदेशपछि उनीहरूलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए ।

    काठमाडौँको थलीमा सञ्चालित नक्कली मदिरा कारखानामा छापा मारेर उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई २ माघमा पक्राउ गरेर अनुसन्धान गरेको थियो । कालोबजारी विरुद्धको कसुरमा जेल चलान भएका विनोद मनोज खत्री र विनोद कुमार कार्की मामा-भान्जा हुन् ।

    कारखाना सञ्चालक मध्येका सिन्धुली घर भएका २८ वर्षीय गौरव तामाङ ४० हजार धरौटीमा रिहा भएका छन् । पक्राउ गरेर अदालतमा उपस्थित गराइएका एक जना नाबालकलाई ‘जिम्मा जमानी’मा रिहा भएका छन् ।

    काठमाडौँ जिल्ला अदालतले अभियुक्त सुमन नगरकोटीसँग १ लाख, लेख विक्रम थापासँग ४० हजार, मनिष खत्रीसँग १५ हजार, महेश खत्री १५ हजार र मोहन खड्कासँग १५ हजार धरौटी माग गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया