• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    भिडियो मनोरञ्जन

    सुनिता थेगिम र खुशी लिम्बूद्धारा स्वरबद्द मैच्याङको गालाको कोठी सार्वजनिक

    5.8K
    SHARES

    काठमाडौं । खुशी लिम्बूको मैच्याङको गालाको कोठी गीत सार्वजनिक भएको छ । खुशी लिम्बू र सुनिता थेगिमको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

    जानू काम्बाङ् लिङदेनको शब्द रहेको यस गीतको संगीत तारा प्रकाश लिम्बुले गरेका हुन् । गीतको भिडियोमा खुशी लिम्बू स्वयं र मोडल तथा अभिनेत्री बिमला खजुम लिम्बूको अभिनय रहेको छ ।

    भिडियोको कोरियोग्राफी सुरेश पाण्डे र छायाङकन सौरभ लामाले गरेका हुन् भने सम्पादन अनिल राना तथा श्रृङ्गार सञ्जु थल्लङले गरेकी हुन् । गीत खुशी लिम्बूको अफिसियल युट्युब च्यानलबाट प्रसारण गरिएको छ ।

    आफैंले गाएको गीतमा अभिनय गरेर कला क्षेत्रमा खुशी लिम्बूले पहिलो कदम राखेका छन् । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूके, आदिवासी जनजाति महासंघ यूके लगायत बेलायत र हङकङका एक दर्जन जति सामाजिक र राजनीतिक संस्थाहरुमा खुशी लिम्बूले नेतृत्वदायी भूमिकामा रहेर काम गरेका छन् । उनी हाल नेपाल मामिला डट कमका प्रधान सम्पादक नेपालमा एक लगानीकर्ता हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ