• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    पूर्वप्रधानमन्त्री खान र उनकी श्रीमती बीबीको विवाह अवैध ठहर

    2.3K
    SHARES

    काठमाण्डौ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीको विवाहलाई अवैध ठहर गर्दै अदालतले ७ वर्ष जेल सजाय सुनाएको छ ।

    उनीहरुबीचको विवाह गैर इस्लामिक र गैरकानुनी ठहर गर्दै अदालतले पाँच लाख पाकिस्तानी रुपैयाँ जरिबानासहित सात वर्षको जेल सजाय सुनाएको हो ।

    बुशरा बीबीका पूर्व पतिले दिएको उजुरीमाथि अदालतले फैसला गर्दै खानजोडीलाई सात वर्षको जेल सजाय सुनाएको बीबीसीले जनाएको छ । बीबीका पूर्व पतिले खानसँग विहे गरेर बुशराले आफूलाई धोका दिएको आरोप लगाउदै आएका छन् ।

    बुशरासँग खानले प्रधानमन्त्री हुनुभन्दा केही महिनाअघि मात्रै विवाह गरेका थिए । बुशराले पूर्वपतिसँग सम्बन्धविच्छेद पछि तोकिएको समय नपुग्दै खानसँग विवाह गरेर कानुनको उल्लङ्घन गरेको अदालतको ठहर छ ।

    मुस्लिम कानुन अनुसार महिलाले श्रीमान्को निधन भएको वा सम्बन्ध विच्छेद गरेपछिको निश्चित समयसम्म पुनर्विवाह गर्न पाउँदैनन् । ७१ वर्षका पूर्व प्रधानमन्त्री खानले यसअघि नै जेल सजाय भोगिरहेका छन् । राज्यलाई प्राप्त उपहार बेचेको आरोपमा अदालतले खान दम्पतीलाई यसअघि नै १४ वर्षको जेल सजाय सुनुाइसकेको छ ।

    यस्तै अदालतले महत्वपूर्ण सूचना बेचेको आरोपमा खानलाई १० वर्ष जेल सजाय सुनाएको छ । त्यस अघि नै खान अर्को मुद्धामा ३ वर्षको जेल सजाय भोगिरहेका थिए ।

    अब खानको जेल सजाय ३४ वर्ष पुगेको छ । पूर्वप्रधानमन्त्री खानले आफूविरुद्ध एक पछि अर्को सजाय तोकेर सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ