• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    राष्ट्र बैंकले आजदेखि प्रचलनमा ल्यायो ५० रुपैयाँको नयाँ नोट

    197
    SHARES



    काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ डिजाइन तथा फरक विशेषतासहितको बैंकनोट प्रचलनमा ल्याएको छ।

    राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले २०८३ असोज २ गतेदेखि साविककै आकार तथा डिजाइनमा परिमार्जित विशेषतासहितको ५० रुपैयाँ दरको नोट चलनचल्तीमा ल्याएको हो।

    नयाँ नोटमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त’ भन्ने प्रतिज्ञात्मक वाक्यांश उल्लेख गरिएको छ। नोटको अगाडिको भागमा हिमालको चित्र तथा लालीगुराँसको पानी छाप रहेको छ भने त्यसको मुनि ‘५०’ अंकित पानी छापसमेत राखिएको राष्ट्र बैंकले जनाएको छ।

    नोटको तल्लो भागमा सिरिज नम्बर ‘वि.सं. २०८२’ उल्लेख गरिएको छ भने गर्भनर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहनेछ। नोटमा १.२ मिलिमिटर चौडा सुरक्षा धागो राखिएको छ, जसमा ‘NRB’ लेखिएको छ।

    नोटको पछाडिको भागमा हिँड चितुवाको चित्र तथा त्यसमाथि ‘NEPAL RASTRA BANK’ लेखिएको छ। तल्लो भागमा ‘RUPEES FIFTY’ र सिरिज नम्बर ‘2025 A.D.’ उल्लेख गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ