• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रसुवा बाढीमा बेपत्ता कर्मचारी परिवारलाई विद्युत प्राधिकरणको राहत प्याकेज

    75
    SHARES



    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता कर्मचारी तथा कामदारका परिवारलाई राहत दिने निर्णय गरेको छ।

    बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। प्राधिकरणअन्तर्गत मात्रै ४७ जना कर्मचारी तथा कामदार बेपत्ता छन्।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार साँझ बसेको प्राधिकरण सञ्चालक समिति बैठकले राहत प्याकेज दिने निर्णय गरेको हो।

    प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार बेपत्ता कर्मचारी तथा कामदारका नजिकका हकवालालाई तत्काल ५० हजार रुपैयाँ राहत दिइनेछ। स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारका कामदारका परिवारलाई यो रकम उपलब्ध गराइनेछ।

    त्यस्तै, बेपत्ता स्थायी कर्मचारीका नजिकका हकवालालाई बढीमा ६ महिनासम्म निर्वाह खर्च दिइनेछ। भदौदेखि बेपत्ता कर्मचारीको तहको सुरू तलब स्केलको ५० प्रतिशत रकम मासिक रूपमा उपलब्ध गराइनेछ।

    प्राधिकरणबाट क्षतिपूर्ति वा अन्य रकम दिने सम्बन्धमा अर्को निर्णय नभएसम्म वा बढीमा ६ महिनासम्म यस्तो रकम दिइनेछ। राहत रकम बेपत्ता कर्मचारी तथा कामदारको खोजी, आफ्नो कुल धर्मअनुसारको सामाजिक संस्कार र परिवारको जीवनयापनमा प्रयोग गर्न उपलब्ध गराइनेछ।

    मन्त्री श्रेष्ठले बेपत्ता कर्मचारी तथा कामदारका परिवार सरकारको जिम्मेवारी भएको बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ