• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    अमेरिकाको मियामी एयरपोर्टमा विमान दुर्घटना, पाँच जनाको मृत्यु

    360
    SHARES



    अमेरिका । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो विमान रनवेबाट बाहिरिएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

    स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे अवतरण गरेको बोइङ ७६७–३०० विमान रनवेबाट बाहिरिएर दुर्घटनामा परेको हो। विमान करिब २०९ किलोमिटर प्रतिघण्टाको गतिमा रनवेबाट बाहिर गएको प्रारम्भिक विवरणमा उल्लेख छ।

    दुर्घटनापछि विमानले विमानस्थल परिसरमा रहेका केही सवारीसाधनलाई ठक्कर दिएको थियो। त्यसपछि विमानमा आगलागी भएको थियो।

    दुर्घटनाको सूचना पाएलगत्तै करिब २०० जना दमकलकर्मी घटनास्थलमा पुगेका थिए। उद्धार तथा राहत टोलीले आगो नियन्त्रणमा लिनुका साथै घाइतेहरूको उद्धार गरेको थियो।

    अधिकारीहरूका अनुसार घाइतेमध्ये तीन जनालाई स्थानीय ट्रमा सेन्टरमा लगिएको छ भने अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ