• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    जनचेतनाका लागि मृत्युको भ्रम फैलाएँ- पूनम पाण्डे

    4.4K
    SHARES



    काठमाडौं । एक दिनअघि अर्थात् शुक्रबार भारतीय अभिनेत्री एवं मोडल पूनम पाण्डेको इन्स्टाग्राम अकाउन्टबाट उनको मृत्युबारे पोस्ट आयो ।

    उक्त पोस्टमा पाठेघरको क्यान्सर (सर्भिकल क्यान्सर)का कारण शुक्रबार बिहानै पाण्डेको मृत्यु भएको जानकारी दिइएको थियो । त्यो खबर परिवारकै सदस्यले लेखेझैं लाग्थ्यो । कसले लेखेको भनेर भने खुलाइएको थिएन ।

    पाण्डेको मृत्युको खबर तुरुन्तै फैलियो । धेरैले समवेदना प्रकट गरे । कतिपयले पाठेघरको मुखको क्यान्सरबारे सचेतना जगाउने भिडिओहरू बनाउन भ्याए ।

    आज शनिबार त्यही अकाउन्टबाट एउटा भिडिओ पोस्ट आयो । भिडिओमा उनी देखिएकी छिन्, र भनिरहेकी छिन्, ‘म जीवित छु ।’ अर्थात् आफ्नै मृत्युलाई लिएर उनले इन्स्टाग्राममा स्टन्ट गरेकी छिन् ।

    पाठेघरको क्यान्सरबारे सचेतनाका लागि मृत्युको भ्रम फैलाउनु परेको उनको भनाइ छ । पाठेघरको क्यान्सरले धेरैको ज्यान लिइसकेको, तर कमैले कुरा गरेको हुँदा आफूले यस्तो कदम चालेको उनले जनाएकी छिन् ।

    हाउटरफ्लाइको भिडिओमा पनि उनी देखिएकी छिन्, जहाँ उनले आफ्नो हर्कतका कारण पर्न गएको असरप्रति क्षमा मागेकी छिन् । तर आफ्नो मृत्युको खबरले यस क्यान्सरबारे जुन बहस सिर्जना गरेको छ, त्यसमा उनले गर्व गरेकी छिन् ।

    त्यस्तै यो क्यान्सर समयमा पत्ता लागे र खोप लगाए निको हुने पनि उनले उल्लेख गरेकी छिन् । पाण्डेको यो स्टन्टलाई लिएर फरकफरक मत आइरहेका छन् । कसैले राम्रो कामका लागि गलत तरिका अपनाएको बताएका छन् भने कसैले चर्चा कमाउन स्टन्ट गरेको प्रतिक्रिया दिएका छन् ।

    यद्यपि उनले पाठेघरको क्यान्सर विरुद्ध लड्न सबैलाई सहयोगको आह्वान गरेकी छिन् । यसका लागि उनले वेबसाइट नै तयार पारेकी छिन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ