• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

मिस वर्ल्डमा सहभागी हुन दिल्ली लागिन् मिस नेपाल प्रियंकारानी जोशी

4.8K
SHARES



काठमाडौं । ७१ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल वर्ल्ड २०२२ प्रियंकारानी जोशी आइतबार दिल्लीतर्फ प्रस्थान गरेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा द हिडन ट्रेजरका पदाधिकारीले राष्ट्रिय झण्डा प्रदान गर्दै बिदाई गरे ।

यस वर्षको मिस वर्ल्ड फेब्रुअरी १८ देखि मार्च ९ सम्म भारतमा आयोजना हुँदैछ । उद्घाटन समारोह दिल्ली र फिनाले समारोह मुम्बईमा आयोजना हुने जनाइएको छ ।

विभिन्न मुलुकका प्रतिस्पर्धी सुन्दरी दिल्ली पुग्ने क्रम जारी छ । आइतबार समारोहस्थल पुग्नुपर्ने अन्तिम मिति भनिएको छ । प्रियंकालाई काठमाडौं विमानस्थलमा हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकार लगायतले बिदाई गरेका हुन् ।

यसअघि दुईपटक घोषित मितिमा हुन नसकेको मिस वर्ल्डको पछिल्लो संस्करण अन्ततः भारतमा हुन लागेको हो । दिल्लीतर्फ प्रस्थान गर्दै प्रियंकाले आफू नेपालीको माया र उत्साह बोकेर भारत जान लागेको बताइन् ।

मिस वर्ल्ड प्रतिस्पर्धा एक महिनासम्म भारतमा चल्नेछ । फिनालेअघि विभिन्न सहविधाको प्रतिस्पर्धा हुनेछ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ