• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    वसन्त नेम्बाङलाई उपचारका लागि काठमाडौँ ल्याइयो

    7.2K
    SHARES



    फुङलिङ । प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्बाङ अकस्मात् बिरामी परेपछि उपचारका लागि काठमाडौँ याइएको छ ।

    उनलाई थप उपचारका लागि केहीबेर अघि हेलिकप्टरमा काठमाडौँ याइएको हो । नेकपा (एमाले) ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ पुगेका उनी अचानक बिरामी परेका हुन् ।

    सांसद नेम्बाङलाई हेलिकप्टरमा काठमाडौँ ल्याइएको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिए । जिल्ला अस्पतालले उनलाई उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान सुझाव दिएको अध्यक्ष थेबेले बताए । पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङको इन्चार्जसमेत हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ