• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रधानमन्त्री प्रचण्ड र बेलायतका सेना प्रमुखबिच भेटवार्ता

    1K
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेलायती सेना प्रमुख सर प्याट्रिक स्याण्डर्सले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    माघ १५ गते नेपाल भ्रमणमा आएका सेना प्रमुख स्याण्डर्सले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेका हुन् ।

    भेटघाटमा दुई देशको आपसी हितका सम्बन्धमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले बताए । दुई देशबिचको पारस्परिक हित र सहयोगका विषयमा छलफल भएको उनले बताए ।

    भेटमा नेपालका सेना प्रमुख स्याण्डर्ससँग बेलायती राजदूत रब फेन पनि सहभागी थिए । स्याण्डर्स माघ २० गतेसम्म नेपालमा रहने बताइएको छ । यसैबिच, बेलायतका विकास मन्त्री पनि फेरवरीको दोस्रो साता नेपाल भ्रमणमा आउन आउंदै छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया