• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सहकारीले बैंक भन्दा ठुलो वित्तीय कारोबार गर्दा समस्या- मन्त्री अधिकारी

    659
    SHARES



    काठमाडौँ । भुमि व्यावस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीले बैंक भन्दा ठुलो वित्तीय कारोबार गर्दा समस्या आएको बताएका छन् । एक कार्यक्रममा बोल्दै अधिकारीले सहकारी संस्थाहरूले बैंकभन्दा ठुलो वित्तीय कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका हुन् ।

    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको दोस्रो लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा प्रमुख अतिथिका रूपमा बोल्दै मन्त्री अधिकारीले सहकारीहरू आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरीत अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्या सिर्जना भएको बताएका हुन् ।

    मन्त्री अधिकारीले सहकारीमा समस्या आउनुमा संस्थाको लेखा सुपरिवेक्षण समिति पनि जिम्मेवार रहेको बताउँदै जुन उद्देश्यका साथ सहकारी स्थापना भएको थियो त्यसको बिपरित गएर काम भइरहेकोले यस्तोसमस्या आएको उनको धारणा छ ।

    ‘सहकारीहरू बैंकभन्दा ठुलो कारोबार गर्ने अभ्यासमा लागे, सहकारीको मूल्य मान्यता विपरीत काम गर्न थाले, बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन । सहकारीमा आबद्धहरूले नै समाधान गर्ने हो, सरकारले सल्लाह दिने हो, यो बाटो जाऊ भन्ने हो । सरकारले समस्या समाधान गर्ने होइन’, उनले भने ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ