• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

उत्तर प्रदेशको एक घरमा आगलागी, एकै परिवारका ५ जनाको मृत्यु

3.2K
SHARES



काठमाडौँ। भारतको उत्तर प्रदेशको बरेलीमा आगलागीमा परि एकै परिवारका ५ जनाको ज्यान गएको छ ।

बरेलीको एउटा घरमा हिजो भएको आगलागीमा परि अजय कुमार, श्रीमती अनिता र उनीहरुका ३ जना छोराछोरीको ज्यान गएको हो ।

घरमा बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने अुमान गरिएकाे बीबीसी हिन्दीले जनाएको छ ।

यस्तै, इरानले आइतबार आफ्नो अन्तरिक्ष इतिहासमा पहिलो पटक एकैसाथ तीनवटा घरेलु विकसित उपग्रहहरू अन्तरिक्षमा पठाएको छ । उपग्रहहरूलाई पृथ्वीको सतहबाट न्युनतम ४ सय ५० किलोमिटर उचाईमा कक्षमा प्रक्षेपण गरिएको जनाइएको छ ।

ती तीनवटा भूउपग्रहमा एउटा सञ्चार तथा अनुसन्धान उपग्रह महदा र दुईवटा नानोस्याटलाइट केहान-२ र हतेफ-१ समावेश छन् । स्वदेशी निर्मित प्रक्षेपण यान सिमोर्ग (फिनिक्स) सेमनान प्रान्तबाट प्रक्षेपण गरिएको हो ।

महदाको प्राथमिक मिसन भनेको धेरै कार्यहरूमा सिमोर्गको कार्यसम्पादनको मूल्याङ्कन गर्नु र अन्तरिक्षमा नयाँ डिजाइन र प्रविधिहरूको मूल्याङ्कन गर्नु हो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ