• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ‘उर्लाबारीमा हिँउ चितुवा भेटिनु अस्वभाविक’

    1.7K
    SHARES



    काठमाडौं । मोरङको उर्लाबारी क्षेत्रमा हिँउ चितुवा भेटिनु अस्वभाविक भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

    बुधबार उर्लाबारी-१ चारघरे भक्न्ने ठाउँमा वयस्क भाले हिँउ चितुवा भेटिएको थियो । बाँसको झ्याङमा बसेको अवस्थामा भेटिएको हिँउ चितुवालाई उद्दार गरेर अहिले सदर चिडिया खाना, जाउलाखेल ल्याइएको छ ।

    पूर्व कञ्चनजंगादेखि पश्चिम अवि नम्पा संरक्षण क्षेत्रसम्म मुख्यगरी हिमाली क्षेत्रमा हिउँ चितुवा पाइन्छ । नेपालमा दुई हजारदेखि ६ हजारसम्मको उचाईमा रहेका १२ संरक्षित क्षेत्र तथा आवापासका स्थान हिउँ चितुवाका सम्भावित वासस्थन हुन् ।

    विभागका अनुसार नेपालमा २०१ देखि ४०० सम्म हिउँ चितुवा रहेको अनुमान छ । उर्लाबारीमा भेटिएको हिउँ चितुवाको पछाडिको बायाँ खुट्टा टेक्न असहज देखिएको छ, तर बाहिर कुनै चोट छैन ।

    ‘पाटे बाघको बासस्थानको उचाईमा हिउँ चितुवा देखिनु अस्वभाविक र अनुसन्धानको विषय बनेको छ’ विभागाक सूचना अधिकारी श्यामकुमार साहले भनेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ