• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    म्याग्दीमा ग्याङफाइट- एक जनाको मृयु, २ घाइते

    3.6K
    SHARES

    पोखरा । म्याग्दीको बेनीमा ग्याङफाइट हुँदा एकजनाको मृत्यु भएको छ । बेनी ८ पिपलचोक बस्ने २२ वर्षीय शुशिल गर्बुजाको हत्या भएको हो ।

    युवाहरुबिच झगडा हुँदा एक्कासी खुकुरीले छातीमा प्रहार गरेपछि गर्बुजा घाइते भएका थिए । उपचारका लागि बेनी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका म्याग्दीका प्रहरी प्रमुख नायव उपरीक्षक मदन कुँवरले जानकारी दिएका छन् ।

    गर्वुजाको टाउको र छात्तिमा चोट लागेको थियो । अन्य २ जना पनि घाइते रहेका छन् । उनीहरुको बेनीमै उपचार भैरहेको कुवँरले बताए । उनीहरुलाई ८-१० जनाको समूहले चक्कु प्रहार गरेका बताइएको छ ।

    घटनामा संलग्नहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ । कारण खुल्न सकिरहेको छैन । अनुसन्धान भैरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ