• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    माइतीघरमा जारी निषेधाज्ञा हटाउन माइतीघरमै प्रदर्शन

    1.7K
    SHARES



    काठमाडौं । काठमाडौंको माइतीघरमा जारी रहेको निषेधाज्ञा हटाउन माग गर्दै काठमाडौंको माइतीघरमै प्रदर्शन गरिएको छ ।

    शुक्रबार डा. गोविन्द केसी समर्थकहरुले विभिन्न नारा लेखिएका प्ले कार्ड देखाउँदै प्रदर्शन गरेका हुन् ।

    जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई गत मंसिर ४ गते निषेधित क्षेत्र घोषणा गरेको थियो ।

    युवा संघले र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले ७ मंसिरमा माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने छुट्टा छुट्टै घोषणा गरेपछि उनीहरुलाई प्रदर्शन गर्नबाट रोक्न लगाइएको निषेधाज्ञा प्रशासनले अहिलेसम्म लम्ब्याएको छ ।

    त्यसैको विरोधमा आज शुक्रबार प्रदर्शन भएको हो । निषेधाज्ञा फिर्ता गर्न माग गर्दै यसअघि पनि प्रदर्शन हुँदै आएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ