• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कच्ची घरमा विद्युत सर्ट भई आगलागी, ४१ वर्षीया श्रेष्ठको निधन

    1.9K
    SHARES



    लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ स्यागेमा एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।

    ४५ वर्षीय राजेन्द्र श्रेष्ठको कच्ची घरमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा उनकी ४१ वर्षीया श्रीमती सन्तमाया श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आगलागीबाट घर, पसल, मोटरसाइकल, नगद १० लाख ३५ हजार २ सय रूपैयाँ समेत जलेर करिब १ करोड ४४ लाख ७५ हजार २ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

    स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ