• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    त्रिविद्वारा शैक्षिक क्यालेन्डर प्रकाशित, स्नातक तह प्रथम वर्षको परीक्षा २०८१ को भदौमा

    2.4K
    SHARES



    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेन्डर प्रकाशित गरेको छ ।

    परीक्षा सुधार तथा समन्वय परिषद्को ३ माघमा बसेको बैठकले त्रिविमा सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणाली अन्तर्गत स्नातक तह र सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहको शैक्षिक क्यालेन्डर २०८० कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक क्यालेन्डर प्रकाशित गरेको छ ।

    भर्ना र परीक्षाको प्रकृति भिन्न भएका अध्ययन संस्थान अन्तर्गत सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका शैक्षिक क्यालेन्डर सम्बन्धित डीन कार्यालयको वेबसाइटमा हेर्न सकिने पनिकाले जनाएको छ ।

    सार्वजनिक गरिएको शैक्षिक क्यालेन्डर अनुसार स्नातक तहको परीक्षा २०८१ को भदौ दोस्रो हप्ताबाट हुनेछ । सेमेस्टर प्रणालीको भने प्रथम सेमेस्टरको २०८१ को वैशाखबाट हुनेछ । त्यस्तै स्नातकोत्तर तहको प्रथम सेमेस्टरको परीक्षा २०८१ को असारमा हुनेछ ।

    दिनप्रतिदिन धराशायी बन्दै गएको त्रिवि सुधारको माग राख्दै त्रिवि स्वयवियु केही दिनदेखि आन्दोलन गर्दै आएको छ। जसले गर्दा त्रिविले सुधारका पहल अघि बढाएको हो ।

    यसअघि अनलाइन मार्फत सेवा गर्ने घोषणा गरेको छ । माघ १५ गतेदेखि शैक्षिक प्रमाणपत्र निकाल्ने काम अनलाइन मार्फत हुने पनिकाले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ