• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बक्सिङ खेलाडी मृत्यु प्रकरण- आत्महत्या दुरुत्साहनको आरोपमा एक जना पक्राउ

    2.3K
    SHARES



    काठमाडौँ । भक्तपुरमा खेलाडी मृत फेला परेको घटनामा एक जना पक्राउ परेका छन् । बक्सिङ खेलाडी नीता गोसाइँ २ दिनअघि भक्तपुरस्थित घरको कोठामा मृत फेला परेकी थिइन् ।

    झुण्डिएर आत्महत्या गरेको भनिएको उक्त घटनामा आत्महत्या दुरुत्साहनकाे आरोपमा प्रहरी वृत्त जगातीको टोलीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिएका छन् ।

    यद्यपि प्रहरीले पक्राउ पर्नेको थप विवरण भने खुलाएको छैन । पाठकका अनुसार सशस्त्र प्रहरीको जवान पदमा कार्यरत समेत रहकी गोसाइँ भक्तपुर नगरपालिका ८ स्थित घरको कोठामा मृत फेला परेकी थिइन् । झुण्डिएको अवस्थामा २७ वर्षीय उनी फेला परेपछि प्रहरीमा खबर गरिएको थियो । उनको शव पोस्टमार्टका लागि पठाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार नीता ६ वर्षअघि सशस्त्र प्रहरीमा भर्ना भएकी थिइन् । यस्तै उनी नवौँ राष्ट्रिय खेलकुदमा ५४ केजी तौल समूहमा रजत पदक जितेकी थिइन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ