• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पूर्वी पहाडका केही ठाउँमा हल्का वर्षा

    2.3K
    SHARES



    काठमाण्डाै । ताप्लेजुङ, सिन्धुपाल्चोक, दोलखा, ओखलढुङ्गाका पहाडी भेगमा हल्का वर्षा भएको छ ।

    आज पनि कोशी, गण्डकी र कर्णालीका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    नेपालमा अहिले पश्चिमी वायुको प्रभावले पानी परेको र अझै १-२ दिन हल्का वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए ।

    यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात भएको छ । महाशाखाका अनुसार दोलखाको कालिञ्चोक, सोलुुखुम्बुको लुक्ला, ताप्लेजुङलगायतका उच्च पहाडी भेगसँगै हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण देशभर चिसो बढेको छ ।

    आज काठमाण्डौ उपत्यकाको तापक्रम न्यूनतम ५ दशमलव ६ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १८ डिग्रीसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

    यस्तै, जुम्ला, जोमसोम, डडेल्धुरा, जिरी लगायत ठाउँको न्यूनतम तापक्रम घटेको छ । आज जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ९ डिग्री, जोमसोमको माइनस चार दशमलव छ डिग्री, डडेल्धुराको ३ दशमलव ५, जिरीको न्यूनतम तापक्रम शून्य दशमलव २ डिग्रीमा झरेको छ ।

    आज पनि देशको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुन सक्ने मौसमविद् लामिछानेले बताउनु भयो । यस्तै, देशको तराई मधेसका जिल्लामा आज पनि बाक्लो हुस्सु कुहिरो लागिरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ