• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सर्वसाधारणलाई शेयर जारी गर्दै मौलाकाली केवलकार

    1.4K
    SHARES



    काठमाडौं। मौलाकाली केवलकारले छिट्टै नै सर्वसाधारणलाई शेयर जारी गर्ने तयारी गरेको छ । गैंडाकोटमा सम्पन्न केवलकारको सातौं वार्षिक साधारणसभाले सो निर्णय गरेको हो ।

    केवलकारको टप स्टेशनमाथि निर्माणाधीन होटल पनि निर्माण सम्पन्न हुने चरणमा रहेको र आगामी ६ महिनाभित्रमा होटल संचालनमा ल्याउने कार्ययोजना रहेको कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी गराएका छन् ।

    गैंडाकोट वडा नम्बर १ र २ का बासिन्दालाई दिईंदै आएको स्थानीय छुट अब सम्पूर्ण गैंडाकोट नगरपालिकावासीलाई दिइने पनि अध्यक्ष ढकालले जानकारी दिए ।

    नवलपुर जिल्लाको गैंडाकोटमा अवस्थित पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिरसम्म जाने सहज माध्यम बनेको मौलाकाली केवलकार गत वैशाखदेखि संचालनमा आएको हो ।

    शुरुवातदेखि हालसम्म २ लाख १५ हजारभन्दा धेरै दर्शनार्थीले केवलकार यात्रा गरेका केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले जानकारी दिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ