• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सत्ता गठबन्धनको बैठक बस्दै, के-के विषयमा हुँदैछ छलफल ?

    1.1K
    SHARES



    काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बिहान बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायतका विषयमा छलफल हुने छ ।

    प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न बैठक बस्न लागेको जानकारी गराएका छन् ।

    कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा टीआरसी सम्बन्धी विधेयकमा दफावार छलफल हुने क्रममा सहमति नजुटेका विषय प्रक्रियाबाट टुंगो लगाउने विषयमा छलफल भएको थियो । सरकारले आगामी संसद अधिवेशनबाट टीआरसी सम्बन्धी विधेयक पास गर्ने तयारी गरिरहेको छ ।

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आगामी अधिवेशनमा विधेयक पेस हुने र पारित गर्ने बताएका छन् । परराष्ट्रमन्त्री एनपी साउदले पनि शनिबार बैतडीको दोगडाकेदारमा आयोजित एक कार्यक्रममा संसदको आगामी अधिवेशनमा शान्ति प्रक्रियालाई टुंग्याउन विधेयक पारित गर्ने बताएका थिए ।

    यस्तै, आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ । बैठकमा गुठी पीडित मोही किसानहरूको समस्या तथा गुठी सम्बन्धी कानुन लगायतका विषयमा छलफल हुनेछ ।

    त्यस्तै बिहान साढे ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विभिन्न विद्यार्थी सङ्घ-सङ्गठनहरूसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

    बिहान ११ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय सम्पदा अन्तर्गत राष्ट्रिय निकुञ्ज, आरक्षण र संरक्षित क्षेत्रको विद्यमान अवस्था र यसको संरक्षण संवर्द्धनमा सामुदायिक वन उपभोक्ता महासङ्घको भूमिकाका सम्बन्धमा पनि छलफल हुने भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ