• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सोमबारदेखि वर्षाको सम्भावना

    5.8K
    SHARES



    काठमाडौं । नेपालमा आज पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जसका कारण पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ ।

    आज बिहान तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    सोमबार र मंगलबार भने देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका मौसमविद गोविन्द झाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आशिक प्रभाव परेको छ। १५ तारिख (सोमबार) भने अहिलेको भन्दा अलिकति बढी प्रभाव पार्ने गरी पश्चिमी वायुको प्रणाली नेपाल भित्रिँदै छ । त्यसको प्रभावले आज राति कोशी र गण्डकीका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ ।

    सोमबार रातिदेखि भने गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    मंगलबार केही ठाउँमा वर्षा हुनेछ भने कोशी र गण्डकीका थोरै ठाउँ र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका १-२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ