• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चन्द्रागिरीको सेतो पहरामा भएको कार दुर्घटनामा ५ जनाको ज्यान गयो

    1.9K
    SHARES



    काठमाण्डौ। काठमाण्डौको चन्द्रागिरि नगरपालिका-४ सेतो पहरामा कार दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।

    दुर्घटनामा एक जना घाइते भएका छन् । काठमाण्डौबाट चित्लाङतर्फ गइरहेको प्रदेश तीन ०१, २३ च ६९५८ नम्बरको कार सडकबाट खस्दा ५ जनाको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले उज्यालोलाई जानकारी दिएका छन् ।

    दुर्घटनामा काठमाण्डौको मैतिदेवी बस्ने वर्ष ६७ वर्षका ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, लाजिम्पाट बस्ने डाक्टर महेशकुमार गौतम, ६ वर्षीया स्मारिका गौतम र ४ वर्षका प्रियान्स गौतमको ज्यान गएको हो ।

    दुुर्घटनामा ज्यान गुमाएकी ६ वर्षीया स्मारिका गौतमकी आमा डा सृष्टि तिवारी सामान्य घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ