• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आफ्नो पहिचान सार्वजनिक गर्ने विरुद्ध गौशाला २६ ले दिइन् साइबर ब्यूरोमा उजुरी

    3.6K
    SHARES

    काठमाडौं । सामाजिक सञ्जालमा आफ्नो पहिचान खुलाउने विरुद्ध गौशाला २६ ले साइबर ब्यूरोमा उजुरी दिएकी छिन् ।

    सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न तवरबाट फोटो सार्वजनिक गर्न थालेपछि उनले ब्यूरोमा उजुरी दिएकी हुन् ।

    साइबर ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षकले मङ्गलवार ब्यूरोमा उजुरी आएको जानकारी गराएका हुन् ।

    “ब्यूरोमा पनि उजुरी आएको छ,” उनले भने, “वैयक्तिक गोपनीयता सम्बन्धी उजुरीमा सोझै अदालत जाने हो । हामीकहाँ पनि आएकाले अहिले अनुसन्धान गरिरहेका छौं ।”

    घटना अनुसन्धानकै क्रममा रहेकाले थप विवरण भने खुलाउन नमिल्ने रायले बताए । विद्युतीय माध्यमबाट वैयक्तिक गोपनीयता हनन् गरेकोमा अदालतमा अनुसूची ४ बमोजिम मुद्दा दायर गर्न पाइने उनले सुनाए ।

    जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा सन्दीप लामिछानेलाई दोषी ठहर गरी सजायसमेत सुनाएको छ । पछिल्लो केही दिनयता फेसबुक, एक्स लगायतका विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा केही प्रयोगकर्ताले गौशाला २६ भन्दै फोटो सार्वजनिक गर्ने प्रयास गरेका छन् ।

    हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना एक सदस्यलाई गौशाला २६ को फोटो राखेको भन्दै पार्टीबाट निलम्बन गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ