• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति सुदुरपश्चिम

    अनेरास्ववियु सुदूरपश्चिमको अध्यक्षमा मनोज राई

    1.6K
    SHARES

    धनगढी । नेकपा एमाले सम्बद्व अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा मनोज राई सर्वसम्मत चयन भएका छन् ।

    धनगढीमा सम्पन्न अनेरास्ववियुको प्रदेश अधिवेशनले आयोजक कमिटी संयोजकसमेत रहेका राईको नेतृत्वमा निर्विरोध नयाँ कमिटी गठन गरेको हो ।

    उपाध्यक्षमा इन्द्र बोहोरा, रोहित बोगटी र दिनेश सिंह चयन भएका छन् भने सचिवमा कमल रोकाया चयन भएका छन् ।

    सहसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउद चयन हुँदा कोषाध्यक्षमा जेबी कुँवर चयन भएको अनेरास्ववियुले जनाएको छ ।

    अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले बुधबार अधिवेशनको उद्घाटन गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ