• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    केपी ओलीको मति अझै सप्रेको छैन- माधव नेपाल

    1.7K
    SHARES



    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीको मति अझै नसप्रेकाले कम्युनिस्ट एकताको चाहना राखेरमात्र केही नहुने बताए ।

    बुधबार काठमाडौँमा पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा चुनावका बेला समेत ओलीले प्रधानमन्त्री समेत रहेका प्रचण्डसँग एकीकृत समाजवादीलाई जिरो सिट दिन भनेको भन्दै गुनासो गरे ।

    ‘अहिले पनि राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा प्रचण्डकहाँ गएर हामीलाई ६ सिट दिनुस्, कांग्रेसलाई नौ सिट दिनुस्, तपाई पाँच सिट लिनुस्, एकीकृत समाजवादीलाई जिरो सिट दिनुस् भने’, अध्यक्ष नेपालले ओलीको भनाई उधृत गर्दै थप भने, ‘हामीलाई जिरो सिट दिने रे !’

    अध्यक्ष नेपालले अझै ओलीको मति नसप्रेको बताए । ‘अझैपनि उनको मति सप्रेको छैन । त्यसो हुनाले सबै कम्युनिस्ट मिलुन् भनेर चाहाना राखेरमात्र हुँदैन । मति पनि सप्रेको हुनुपर्‍यो । मति नै सप्रेको छैन भने केही गर्न सकिँदैन’, नेपालको भनाइ छ । नेता नेपालले गलत प्रवृत्ति बोकेकासँग आफूहरू जुध्दै देश र जनतालाई केन्द्र विन्दुमा राखेर पार्टीलाई अघि बढाउने पनि बताए ।

    उनले वर्तमान सरकारका कामका बारेमा अनेकौँ गुनासा आइरहेकाले आफूहरूले पटकपटक ध्यानाकर्षपत्र बुझाएको भन्दै व्याप्त संकटको समाधानको सूत्र समेत जानकारी गराएको बताए । नेता नेपालले अहिलेको अवस्थामा अन्य विकल्प नभएकाले बेठीकलाई बेठीक भनेर अघि बढ्ने बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ