• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    गायक तथा सङ्गीतकार उस्ताद राशिद खानको निधन

    2.5K
    SHARES



    काठमाण्डौ। भारतका गायक तथा सङ्गीतकार उस्ताद राशिद खानको निधन भएको छ ।

    प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका खानको हिजो कोलकाताको एक अस्पतालमा निधन भएको हो । भारतीय शास्त्रीय सङ्गीतका चर्चित कलाकार खानको ५५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमहुले जनाएका छन् ।

    पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले उनको निधनमा शोक व्यक्त गरेकी छन् । उस्ताद राशिद खानको जन्म उत्तर प्रदेशको बदायूंमा भएको थियो । उनले सानै उमेरदेखि शास्त्रीय सङ्गीत सिकेका थिए ।

    उनले हिन्दी चलचित्र ’जब वी मेट’ को ’आओगे जब तुम…’ र ’माई नेम इज खान’ को ‘अल्लाह ही रेहम’ जस्ता चर्चित गीत गाएका छन् । खानका श्रीमती, २ छोरी र १ छोरा रहेका छन् ।

    यस्तै, जर्मनीका महान् फुटबलर फ्रान्ज बेकेनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ । जर्मनीको समचार एनेन्सीले बेकेनबाउरको परिवारलाई उद्धृत गर्दै उनको निधन भएको पुष्टि गरेको हो ।

    विश्व फुटबलका महान खेलाडीमध्ये एक बेकेनबाउरले खेलाडी र प्रशिक्षकको दुवै भूमिकामा फिफा विश्वकप जितेका छन् । फुटबल इतिहासमा यो उपलब्धि हासिल गर्ने उनी तीन व्यक्तिमध्ये एक हुन् । उनले सन् १९७४ मा पश्चिम जर्मनीको कप्तानको रूपमा र १९९० मा प्रशिक्षकका रूपमा विश्वकप जितेका थिए ।

    बेकेनबाउरले सन् १९६६ को विश्वकपमा २० वर्षको उमेरमा चार गोल गर्दै प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको उपाधिसमेत पाएका थिए । उनले फिफा विश्वकप, युरोपियन कप तथा सन् १९७२ र १९७६ मा २ बालोन डि समेत जितेका छन् ।

    बेकेनबाउरले पश्चिम जर्मनीको तर्फबाट ३ विश्वकप र २ युरोपियन च्याम्पियनसिप खेलका छन् । साथै उनले १ सय ३ अन्तर्राष्ट्रिय क्यापसमेत जितेका छन् । बेकेनबाउरले जर्मन क्लब बायर्न म्युनिखका लागि सन् १९७४ देखि १९७६ सम्म लगातार तीनवटा युरोपियन कप जितेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ