• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ‘संवैधानिक परिषदबाट प्रधानन्यायाधीश र उपसभामुखलाई बिदा गरौं’

    1.5K
    SHARES



    काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक परिषदबाट प्रधानन्यायाधीश र उपसभामुखलाई बिदा गर्नुपर्ने बताएका छन् ।

    आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा संवैधानिक परिषद काम कर्तव्य र अधिकार सम्बन्धी विधेयकमाथिको दफावार छलफलमा उनले प्रधानन्यायाधीश र उपसभामुखलाई बिदा गर्नुपर्ने प्रस्ताव गरेका हुन ।

    ‘जसले नियुक्ति सिफारिस गर्‍यो उसका सम्बन्धमा मुद्दा पर्दा उसैले (संवैधानिक इजलासमा) मुद्दा हेर्ने र ठीक र बेठीक भनी फैसला गर्नुपर्ने भयो । यसकारण समस्या भएको अभ्यासमा देखियो । यसकारण संविधान संसोधन गरौं र संवैधानिक परिषदको सदस्यबाट प्रधानन्यायाधीशलाई बिदा गरौं’, समिति बैठकमा एमाले सांसद पन्तले भने ।

    तत्कालीन अवस्थामा दलीय उपस्थितिलाई हेरेर परिषद सदस्यमा उपसभामुलाई पनि राखिएको उल्लेख गर्दै उनले भने, ‘अहिले महिला हुनुहुन्छ त्यसकारण मैले भनेको होइन । तर यो पदको व्यक्ति संवैधानिक परिषदमा अहिले आवश्यक छैन, यो पनि हटाऔं ।’

    विधेयकमाथि पनि सांसद पन्तको संसोधन प्रस्ताव छ । बैठक बस्नका लागि अध्यक्ष र तत्काल बहाल रहेका सदस्यको बहुमत सदस्यलाई गणपूरक संख्या मान्नु पर्ने उनको प्रस्ताव छ ।

    अध्यक्ष असहमत हुँदा समेत बहुमत सदस्य तयार भए बैठक बस्न र निर्णय गर्न सक्ने अवस्थालाई पनि कानुनमा ब्यवस्थित गर्नुपर्ने उनको राय छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ