• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    वीरगन्जबाट पोखरा गइरहेको बस दुर्घटना, ३२ यात्रु घाइते

    3.4K
    SHARES



    काठमाडौँ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

    वीरगन्जबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस बिहीबार बिहान खोलामा खसेको थियो ।

    घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको तनहुँका डीएसपी मोहनबहादुर खाणले जानकारी दिए। १७ जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको उनको भनाइ छ ।

    घाइते हुनेमा बसचालक कास्कीको अन्नपूर्ण-६ लुम्लेका ३४ वर्षीय अन्तिम सुनार, सहचालक तनहुँको शुक्लागण्डकी-६ खैरेनीटारका ३२ वर्षीय सागर श्रेष्ठसहित अन्य यात्रु छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ