• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सुरुङमा मृत भेटिएका केसीको हत्या गरेको आरोपमा ४ जना पक्राउ

    4.6K
    SHARES



    काठमाडौँ। दाङको घोराही उपमहानगरपालिका-६, अघराका शिवराज केसीको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय दाङले बुधबार घोराहीमा पत्रकार सम्मेलन गर्दै केसीको हत्या अभियोगमा बंगलाचुली गाउंपालिका-१ का शेर बहादुर मगर, दिपा मगर, तिलक पुन मगर र मेघराज मगरलाई सार्वजनिक गरेको हो ।

    प्रहरीले हत्यामा प्रयोग भएको भरुवा बन्दुक , ठूलो गोली ३९ थान, छर्रा १०८ थान र केही बारुद पनि बरामद गरिएको जनाएको छ ।

    उनीहरूले केसीको हत्या गरी शव स्थानीय कोइलाखानीको सुरुङभित्र राखेको अवस्थामा फेला पारेको र त्यसपछि अनुसन्धान गर्दा लुकिछिपी बसेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनक मल्लले जानकारी दिए । उनीहरुले पुस ८ गते भरुवा बन्दुकले गोली हानेर केसीको हत्या गरेको मल्लले बताए ।

    लेनदेनको बिषयमा विवाद हुँदा उनीहरुले केसीलाई भरुवा बन्दुकले हानेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ