• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    खुला विश्वविद्यालयका उपकुलपतिलाई कार्यालय प्रवेशमा निषेध

    3K
    SHARES



    काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले खुला विश्वविद्यालयका उपकुलपतिलाई प्रवेश निषेध गरेको छ ।

    अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी संगठन लगायतका संयुक्त विद्यार्थी संगठनले उपकुलपति प्राडा शिलु मानन्धर बज्राचार्यलाई विश्वविद्यालयमा प्रवेश निषेध गरेको हो ।

    विश्वविद्यालयको प्रागीक मर्यादा विपरीत विश्वविद्यालयमा आर्थिक लेनदेनको आधारमा नियुक्ति, खरिद बिक्री गरेको, परीक्षा जस्तो संवेदनशील र गोप्य काममा उपकुलपतिले आफ्नो परिवारको सदस्य प्रयोग गरी नाजायज कार्य गरेको लगायतका आरोप लगाएका छन् ।

    उनीमाथि विश्वविद्यालय आफ्नो पैतृक सम्पत्ति जस्तो गरी धाकधम्की दिने, शिक्षक कर्मचारीलाई आतंक सिर्जना गरी विश्वविद्यालयको शैक्षिक वातावरण बिगारेको समेत विद्यार्थी संगठनहरूको आरोप छ ।

    उनीहरूले उपकुलपति बज्राचार्यले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । प्रवेश निषेध गरिएको अवस्थामा विश्वविद्यालयले प्रदान गर्ने गाडी, सेवासुविधा प्रयोग गर्न निषेध गरिएको उनीहरूको भनाइ रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ