• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    सरकारले हामीहरूलाई विभेद गर्‍याे : सीके राउत

    1.8K
    SHARES



    काठमाण्डाै । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले सरकारले आफूहरूमाथि विभेद गरेको आरोप लगाएका छन् ।

    आज सोमवार माइतीघर मण्डलामा प्रदर्शनका क्रममा पक्राउ परेसँगै प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राउतले आफूहरूले निषेधित क्षेत्र नतोडेको तर कला परिषदबाटै प्रहरीले धरपकड गरेको बताए । उनले मन्त्री र सांसदलाई जुनकुनै बेला पनि समात्ने सरकारले नागरिकलाई कस्तो स्वतन्त्रता दिएको होला भन्दै प्रश्नसमेत गरे ।

    उनले भने, ‘आजको दिन हामीले धेरै पहिलादेखि धोती दिवस मनाउँदै आएका छाैँ र यो दिन देशले राष्ट्रिय पोसाक दिवसका रूपमा मनाउँदै आएको छ । जसको जे भेषभुषा हो त्यो मनाउन पाउनुपर्छ भनेर नै मनाइएको हो । निषेधित क्षेत्रभित्र गयो भन्ने गलत प्रचार भएको छ । हामी निषेधित क्षेत्रभन्दा टाढा कला परिषद् छेउमा जम्मा भएका थियौँ, त्यहाँ नै प्रहरीले धरपकड गरेको थियो । सबैलाई एकाएक समातेर हिरासतमा लिँदा आमनागरिकलाई कस्तो स्वतन्त्रता होला ? मन्त्री र सांसदहरूलाई जति बेला पनि पक्राउ गर्ने हो भने कस्तो खालको प्रहरी प्रशासन छ भन्ने प्रश्न उठ्छ । यो यतिमै सकिँदैन । हामी संसदमा छलफल प्रस्ताव लग्छौँ । समितिमा पनि प्रश्न उठ्छ ।’

    अध्यक्ष राउतले सरकारले रङ्गभेदी विभेद गरेको भन्दै यो कुरा संसद् र समितिमा प्रस्तावका रूपमा लैजाने बताए । उनले मधेसी मूलकी मन्त्री भएकै कारण सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पक्राउ गरेको उनको जिकिर छ । उनले अन्य पार्टीको राष्ट्रिय अध्यक्षलाई सरकारले यसरी समात्न सक्छ भन्दै प्रश्न गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ